दफा ५३
हकवालाको हदम्याद प्रारम्भ हुने

(१) फिरादपत्र गर्नु पर्ने नाबालक वा होस ठेगानमा नरहेको व्यक्ति बालिग वा होस ठेगानमा रहेको अवस्था नहुँदैनिजकोमृत्यु भएमा निजको मृत्यु भएको मितिले हदम्यादभित्र निजको हकवालाले फिराद गर्न पाउनेछ ।
(२) कुनै नाबालक बालिग भएपछि पैँतीस दिन वा सोभन्दा बढी अवधि हदम्याद बाँकी रहेको अवस्थामा निजको मृत्यु भएमाबाँकीहदम्यादभित्र र पैँतीस दिनभन्दा कम अवधिको हदम्याद बाँकी रहेको अवस्थामा निजको मृत्यु भएमा त्यसरी मृत्युभएकोमितिले पैँतीस दिनभित्र निजको हकवालाले फिराद गर्न पाउनेछ ।
(३) होस ठेगानमा नरहेको कुनै व्यक्ति होस ठेगानमा आएपछि पैँतीस दिन वा सोभन्दा बढी हदम्याद बाँकी रहेको अवस्थामानिजको मृत्यु भएमा बाँकी हदम्यादभित्र र पैँतीस दिनभन्दा कम हदम्याद बाँकी रहेको अवस्थामा निजको मृत्यु भएमात्यसरी मृत्यु भएको मितिले पैँतीस दिनभित्र निजको हकवालाले फिराद गर्न पाउनेछ ।